अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज

अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज

केन्द्रबिन्दु
15
Shares

संखुवासभामा । संखुवासभामा निर्माणाधीन नौँ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थु्र’ आज हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थु्र’ गर्ने भएका छन्। अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी ९ (एसजेबिएन)ले गरिरहेको छ।

यस्तै, प्रधानमन्त्री दाहालले आजै आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी ड्यामसाइट र पावारहाउसको हवाई अनुगमन गर्ने भएका छन्।

आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ।

सरासर आयोजनाको बाँकी कार्य अघि बढेमा करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ।

Skip This
Skip This
Logo