काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाइ सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि आज सुनुवाइ हुँदै छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमाथि सुनुवाइको तयारी छ ।
रिट निवेदन दरपीठ गरिएपछि त्यसविरुद्ध परेको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । हाल महानिर्देशक पदमा कार्यरत अधिकारीको हवाइ सुरक्षा सम्बन्धी व्यावसायिक योग्यता जाँच गरिपाऊँ भनेर रिटमा माग गरिएको छ ।
प्रतिक्रिया