सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, यस्तो छ दुर्घटनाको कारण

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, यस्तो छ दुर्घटनाको कारण

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । गत साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ र लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन ‘भी–स्पीड’ नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।

आयोगले उल्लेख गरेको अर्को सम्भावित कारणमा प्राधिकरणबाट मर्मतका लागि दिने अनुमतिमा उल्लिखित नियमहरूको पूर्ण पालना हुन नसकेको जनाएको छ । यस्तै, सौर्य एयरलाइन्सले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पनि आयोगले जनाएको छ ।

सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज उडेको २० सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो । क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो ।

Skip This
Skip This
Logo