संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना

संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन दिन नियमित रुपमा सञ्चालन गर्न सकिने बताएका छन् ।

संवैधानिक कानुन व्यवसायी मञ्चले संविधान दिवसका अवसरमा आज आयोजना गरेको ‘अन्तर–सरकारी विवाद निरुपणः संवैधानिक इजलासको प्रभावकारिता’ विषयक संवैधानिक संवादका क्रममा न्यायाधीश ढुङ्गानाले सर्वोच्च अदालतमा पूर्ण न्यायाधीश भएमा संवैधानिक इजलास तीन दिन चलाउन सकिने धारणा व्यक्त गरेका हुन् ।

“हाल बुधबार र शुक्रबार संवैधानिक इजलास सञ्चालन गर्दै आएका छौँ, आवश्यक पर्दा तीन दिन पनि सञ्चालन गर्न सक्ने व्यवस्था छ”, उनले भने, “तर पूर्ण न्यायाधीश हुनुपर्छ, संवैधानिक इजलास परेको दिन बिदामा नबस्ने पनि अनुरोध गर्नुपर्छ ।”

न्यायाधीश ढुङ्गानाले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा पनि संवैधानिक इजलासलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिए ।

Skip This
Skip This
Logo