काठमाडौँ । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दाबी गरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
तस्बिरमा उनीजस्तै देखिने व्यक्ति कोठाभित्र ओढेर सुतिरहेको देखिन्छ । रास्वपाका नेतासमेत रहेका रविका सहयोगी दीपक बोहराले सामाजिक सञ्जालमा यो तस्बिर भाइरल गराएका थिए ।
रविका समर्थकहरूले हिरासतभित्रको फोटो सार्वजनिक गरिएको भन्दै प्रहरीको आलोचना गरिरहेका छन् । तर रास्वपा समर्थक डा. निकोलस भुसालले उक्त तस्बिर सार्वजनिक गरेको खुलासा भएको छ । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् ।
डा भुसालले दुई दिनअघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए ।































प्रतिक्रिया