जस्मिन पेन्टस्द्वारा जोरकुसुम पार्कमा वृक्षरोपण

जस्मिन पेन्टस्द्वारा जोरकुसुम पार्कमा वृक्षरोपण

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । जस्मिन पेन्टस्ले जोर कुसुम पार्कमा वृक्षरोपण गरेको छ । चितवनको भरतपुरमा रहेको जोर कुसुम पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

जस्मिन पेन्टस् प्रालि र नेपाल क्रिकेट एसोसियसन क्यानको सहकार्यमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हो । नेपाल क्रिकेट एसोसियसन क्यानका सचिव पारस खड्काले वर र पिपलको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका थिए।

भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग अन्तर्गतको सम्पूर्ण खेलहरुमा भएका चौका र छक्काको संख्याका आधारमा बिरुवा रोपिने जस्मिन पेन्टस्को प्रतिबद्धता अनुरुप आजबाट वृक्षरोपण कार्यक्रमको सुरुवात गरिएको हो । जसअन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रहेको थियो ।

कम्पनीका ब्रान्ड एम्बेस्डर समेत रहेका पारसले नेपाली खेल जगत्मा जस्मिन पेन्टस्ले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको बताए । कम्पनीले गरेको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि साथ सहयोगको आवश्यकता रहेको उनले बताए ।

जस्मिन पेन्टस्ले प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा २ बिरुवा रोपिने प्रतिबद्धता व्यक्त गरेको थियो । कम्पनीको प्रतिबद्धताअनुसार जम्मा १३३९ वटा बिरुवाहरु आजबाट सुरु गरी विभिन्न स्थानमा वृक्षरोपण गरिने कम्पनीका सञ्चालक लक्ष्मण अर्यालले बताए ।

Skip This
Skip This
Logo