काठमाडौँ । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष गणेश बस्नेतले यसअघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी गराएका हुन् ।
बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसका लागि सिफारिस समिति पनि गठन भएको जानकारी दिए । पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते हुने उनले बताए ।
उनले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सक्नुपर्ने र फागुन ७ गते प्रदेश अधिवेशन समेत सक्नुपर्ने स्पष्ट पारे । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति बनाउने पनि उनले स्पष्ट पारे ।
जिम्मेवारी लिने र काहीँ पनि नभेटिने प्रवृत्ति अब संगठनमा अन्त्य हुनुपर्ने बस्नेतले बताए । जिम्मेवारी लिनेले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा उनले जोड दिए ।





























प्रतिक्रिया