गिरीबन्धु प्रकरणमा सर्वोच्चले सोध्यो- प्रधानमन्त्रीलाई किन कारबाही नगर्ने ?

गिरीबन्धु प्रकरणमा सर्वोच्चले सोध्यो- प्रधानमन्त्रीलाई किन कारबाही नगर्ने ?

केन्द्रबिन्दु
468
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्धामा किन कारबाही नगर्ने भन्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टि-स्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता गरेको अवहेलना निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल पनि साथै राख्न आदेश दिएको हो

जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमिव्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरिएको छ ।

Logo