काठमाडाैं । ओशो तपोवनका संस्थापक आध्यामिक गुरु बोधिसत्व स्वामी आनन्द अरुण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरुबीच विमानस्थलमा केही समय कुराकानी भएको बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरू अनुसार, भेटका क्रममा आध्यात्मिक अभ्यास, योग र ध्यानबारे छलफल भएको छ।
प्रधानमन्त्री मोदीले सधैं झैं योग, ध्यान तथा आध्यात्मिक चिन्तनप्रतिको आफ्नो समर्पण व्यक्त गरेका हुन् । मोदी आफैं पनि लामो समयदेखि योग, ध्यान तथा आध्यात्मिक अभ्यासमा संलग्न रहँदै आएका छन् ।
स्वामी आनन्द अरुणले प्रधानमन्त्री मोदीसँगको भेटलाई अर्थपूर्ण बताउँदै ध्यान, योग र आध्यात्मिकता विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने सन्दर्भमा सकारात्मक छलफल भएको उल्लेख गरे । विशेषगरी, विश्व ध्यान दिवसलाई प्रभावकारी रूपमा अघि बढाउने तथा आध्यात्मिक जागरणलाई सशक्त बनाउने विषयमा कुराकानी भएको थियो।
यस अवसरमा एसियन युनियन निर्माणको विषयमा पनि छलफल भएको जनाइएको छ । नेपाल र भारतबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाटले योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रधानमन्त्री मोदीले स्वामी आनन्द अरुणसँगको भेटपछि आफू एक साधक भएको नाताले अत्यन्त प्रफुल्लित भएको बताए । उनले योग र ध्यानजस्ता अभ्यासहरूले मानिसको जीवनमा शान्ति र समृद्धि ल्याउने बताउँदै आध्यात्मिक विकासलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यो ऐतिहासिक भेटघाटले नेपाल–भारत सम्बन्धलाई आध्यात्मिक दृष्टिकोणबाट थप मजबुत बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया