काठमाडौं । अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजले भगवानलाई शब्द व्यक्त गर्न तथा आँखाले देख्न नसकिने, यसलाई अनुभवका माध्यमबाट मात्र प्राप्त गर्न सकिने बताएका छन् ।
बुधबार महाशिवरात्रिको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले काठमाडौंको गौशालामा आयोजना गरेको महाशिवरात्रि महोत्सव २०८१ कार्यक्रम, बोल्दै विभुजीले यस्तो बताएका हुन् । उनले संसारिक कर्म काण्ड मात्र गर्दै भगवानलाई प्राप्त गर्ने कामना गरिरहने तर मनमा अनेक कुरा खेलाइरहेको कारण भगवानको दर्शन सम्भव नभएको कुरामा जोड दिए ।
उनले भने,‘भगवानलाई भेट्टाउने हो भने मनलाई आफ्नो अधिनमा राख्न सक्नुुपर्छ । मनलाई बाहिरी कुराबाट फर्काएर आफुमा केन्द्रित गर्ने हो भने आफूले आफूलाई चिन्न सकिन्छ । आफूभित्र केन्द्रित हुने वित्तिकै हामीलाई सत्यको बोध हुन थाल्छ । यहि नै शान्तिको मुख्य स्रोत हो ।’





























प्रतिक्रिया