काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकामा जनता सन्तुष्ट नरहेको भन्दै सरकारीलाई खबरदारी गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकाल नसकिँदै पदबाट हटाउने निर्णय गरेको थियो र उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यस विषयमा सडकदेखि सदन तातिएको छ । यसैबीच वरिष्ठ कलाकार श्रेष्ठले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान रहेको भन्दै सरकारको यो गैरन्यायिक निर्णयमा असनतुष्टि जनाएका हुन् ।
‘एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए ।
एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम “कुलमान घिसिङ” …’ उनले कुलमानसँगको तस्विर शेयर गर्दै लेखेका छन्, ‘नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त “कुल मान घिसिङ” कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार ! पटक्कै खुशी छैनन् ।’
यसअघि महजाेडीकै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि कुलमानलाई पदबाट हटाएकामा असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्। अन्धकार बनाउन हुँदैन थियो।’





























प्रतिक्रिया