दुर्गा प्रसाईंलाई खोज्दै छौं, नेपालभित्रै रहेको आशंका छ -प्रहरी

दुर्गा प्रसाईंलाई खोज्दै छौं, नेपालभित्रै रहेको आशंका छ -प्रहरी

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनका नाममा तीनकुनेमा अराजक गतिविधि गरेका दुर्गा प्रसाईं यति बेला फरार छन् । राजावादी आन्दोलनका कमान्डर मानेर तीनकुनेमा शुक्रबार हिंसाजन्य क्रियाकलाप गरेपछि अहिले नेपाल प्रहरीले प्रसाईंलाई खोजी गरिरहेको हो । 

सोही दिन फरार प्रसाईं अहिलेसम्म कहाँ छन् भनेर प्रहरीले समेत पत्ता लगाउन सकेको छैन । यद्यपि प्रसाईंको खोजी कार्य भने तीव्रताका साथ गरिरहेको नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार पहरीले प्रसाईंलाई पक्राउ गर्नेछ । ‘तीनकुनेको घटनालाई लिएर प्रहरीले अनुसन्धान गरी प्रसाईंलाई खोजी गरिरहेको छ,’ उनले भने । प्रारम्भिक अनुसन्धानमा प्रसाईं नेपाल बाहिर नगएको पनि आचार्यले प्रस्ट पारे । 

पूर्वराजा ज्ञानेन्द्र शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीसमेत गरेका थिए । त्यस क्रममा प्रहरीसँगको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु र अर्का एक पत्रकारको दृश्य छायाङ्कनका क्रममा प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर मृत्यु भएको थियो ।

यो घटनामा लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित ११० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  अहिले पूर्वराजा शाह र प्रसाईंको राहदानी कालोसूचीमा राख्ने तयारीका खबरहरू पनि आइ रहेको छ । तर, राहदानीलाई कालोसूचीमा राख्नको लागि प्रहरीबाट भने कुनै पत्र अध्यागमन विभाग नपठाएको पनि आचार्यले बताए । 

तीनकुनेमा उक्त दिन भएको जनधनको क्षतिले देशको माहोललाई बिगारेको आम नागारिकले बताउँदै आएका छन् । त्यहाँ भएको क्षतिको क्षतिपूर्ति सरकारले बेहोर्नु पर्ने राजावादीको तर्क छ ।

Skip This
Skip This
Logo