रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘२०८१ गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका स्व.पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।’

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले भने, ‘बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय पनि गरेको गरेको छ ।’

Logo