पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा हाजिर

पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा हाजिर

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेपछि उनी आफैँ हाजिर हुन अदालत पुगेका हुन् ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । १८ माघ २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्‍ले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्‍यो ।

Skip This
Skip This
Logo