प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरणबारे छानबिन गर्न सीआईबीले पनि बनायो समिति

प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरणबारे छानबिन गर्न सीआईबीले पनि बनायो समिति

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समिति गठन गरेको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।

समितिले अब सार्वजनिक भएका विवरणहरुबारे जाँचबुझ गर्नेछ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा कतिपय व्यक्ति स्पेनमै छाडिएको तथा भ्रमण खर्चको नाममा आर्थिक लेनदेन गरिएको आरोप लागेपछि यता गृहमन्त्रीको निर्देशनमा गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा गठित छानबिन समितिले पनि सोमबारदेखि छानबिन प्रक्रिया शुरू गरिसकेको छ ।

प्रधानमन्त्री ओली असार १४ देखि २० गतेसम्म स्पेनको सेभिला सहरमा आयोजित विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका थिए । उक्त सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष, मन्त्री तथा नीति निर्माता सहभागी थिए ।

Logo