नेपालमा पहिलोपटक ‘जेसिआई साउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट -२०२५’ आयोजना हुँदै

नेपालमा पहिलोपटक ‘जेसिआई साउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट -२०२५’ आयोजना हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालमा पहिलो पटक जेसिआई साउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट -२०२५ आयोजना हुने भएको छ।

जेसीआई नेपालको आयोजनामा हुने यो ऐतिहासिक कार्यक्रम आगामी साउन १६ र १७ गतेसम्म ठमेलस्थित होटल एभरेष्टमा हुनेछ।कार्यक्रमको मुख्य उद्देश्य दक्षिण एसियाका उद्यमी, लगानीकर्ता, व्यावसायिक नेतृत्वका व्यक्तिहरू तथा नेपालका स्टार्टअपहरूको लागि एक साझा मञ्च प्रदान गर्नु रहेको छ। यसले नेटवर्किङ, लगानीका अवसरहरूको पहिचान र साझा सहकार्यको माध्यमबाट दिगो आर्थिक विकासमा टेवा पुऱ्याउने लक्ष्य राखेको छ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा निम्न बुँदाहरू समावेश छन्:

नेटवर्किङ सेसन: दक्षिण एसियाली व्यावसायिक नेतृत्वहरूसँग प्रत्यक्ष भेटघाट र सम्बन्ध विस्तारको अवसर।

लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क: इच्छुक स्टार्टअप तथा उद्यमीहरूले लगानीकर्तासमक्ष आफ्ना योजनाहरू प्रस्तुत गर्ने अवसर।

क्षेत्रीय विषयमा आधारित संवाद तथा छलफल: विभिन्न महत्त्वपूर्ण व्यावसायिक र आर्थिक मुद्दाहरूमा गम्भीर छलफल।

स्टार्टअप तथा इनोभेटिभ आइडियाको प्रदर्शनी: नेपाली र दक्षिण एसियाली नवप्रवर्तनकारी सोच र परियोजनाहरूको प्रदर्शन।

जेसीआईको ‘सकारात्मक परिवर्तन’ को लक्ष्य: “जेसीआई इन बिजनेस” शीर्षकमा आयोजित यस कार्यक्रममार्फत जेसीआईको ‘सकारात्मक परिवर्तनका लागि युवालाई सशक्त बनाउने’ विश्वव्यापी अभियानलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ।

जेसीआई नेपालका अनुसार, यो कार्यक्रमले दक्षिण एसियाली क्षेत्रमा व्यावसायिक सहकार्यलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

Skip This
Skip This
Logo