रास्वपाकाे महामन्त्रीमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिट खारेज

रास्वपाकाे महामन्त्रीमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिट खारेज

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीकाे पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेकाे छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निस्कासित गरिएकाे थियाे ।

Skip This
Skip This
Logo