काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको धापासीस्थित निजी निवास क्षेत्र सुनसान प्रायः छ । प्रधानमन्त्रीका रुपमा शपथ खाएको भोलिपल्ट निवास क्षेत्रमा कुनै चहलपहल छैन ।
सुरक्षाकर्मीको उपस्थिति भएपनि सर्वसाधारण उत्साह र खुशीयाली मनाउन जम्मा भएका छैनन् । निरन्तरको कर्फ्यू र निषेधाज्ञाका कारण मानिसहरु घर बाहिर निर्धक्क निस्कन सकेका छैनन् ।
विराटनगरको शंखपुरमा जन्मिए पनि टोखा नगरपालिका धापासीमा बस्दै आएकी कार्कीलाई जेनजी पुस्ताको आन्दोलनपछि केपी ओली सरकार विस्थापित गरेर अन्तरिम सरकारको नेतृत्वमा ल्याइएको हो । मुलुकको प्रधानमन्त्री बनेपछि निजी निवास क्षेत्र र जन्म गाउँमा खुशीयाली मनाउने चलन छ । तर कार्की निवासमा चहलपहल छैन ।
काठमाडौं उपत्यकामा कर्फ्यू तथा निषेधाज्ञा हटाइए पनि प्रधानमन्त्री निवास क्षेत्रमा भने सुरक्षा व्यवस्थालाई लक्षित गरी सुरक्षाकर्मी तैनाथ गरिएको छ । नवनियुक्त कार्की नेपालको ४२औं प्रधानमन्त्री हुन् भने पहिलो महिला प्रधानमन्त्री हुन् । उनी नेपालको संविधानबमोजिम राष्ट्रपतिले अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।





























प्रतिक्रिया