फरार कैदी र लागुऔषध प्रयोगकर्तासहित पाँच पक्राउ

फरार कैदी र लागुऔषध प्रयोगकर्तासहित पाँच पक्राउ

केन्द्रबिन्दु
6
Shares

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौँ कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्तालाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालर्यतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिनुए। निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको उनले बताए।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागुऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उनले जनाए । प्रवक्ता बुढ्थापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ प्रवक्ता बुढथापाले बताए।

Logo