आईजीपी कार्कीको पहिलो निर्णय- वरिष्ठ सईले २ लाखसम्म आकस्मिक कर्जा पाउने

आईजीपी कार्कीको पहिलो निर्णय- वरिष्ठ सईले २ लाखसम्म आकस्मिक कर्जा पाउने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको दर्जाका प्रहरीले २ लाखको आकस्मिक कर्जा पाउने भएका छन् ।

आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रुपमा प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका हुन् ।

आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ । यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन दिइने छ । कर्जा लिएको एक वर्षभित्र तिरिसक्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo