मधेस प्रदेशका ५ सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ सुरु

मधेस प्रदेशका ५ सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ सुरु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । मधेस प्रदेशसभाका ५ सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख रामचन्द्र मण्डलले नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादवका साथै सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवारलाई गत बिहीबार पदमुक्त गरेका थिए । त्यसपछि सर्वोच्च पुगेका ती सांसदहरुको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ भइरहेको हो ।

Logo