काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा तत्कालीन पाँच जना मन्त्री मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । विपक्षी बनाइएकामा तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन् ।
बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।





























प्रतिक्रिया