काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेता चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ रूपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । तीन करोड ६८ लाख ४७ हजार अकुत सम्पत्ति आर्जन गरेको अभियोग उनीमाथि छ । पाँच वर्ष गोकर्णेश्वरको मेयर हुँदा उनले सो रकम कमाएको अख्तियारको दाबी छ। श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई समेत सम्पत्ति जफतको प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएर मुद्दा चलाएको छ ।
उनी संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति पनि हुन् ।































प्रतिक्रिया