काठमाडौं । गत वर्ष विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेर नेपाली अटो बजारमा हलचल मच्चाएको एमएडब्लु वृद्धिले अब यसै मोडलको अझ उन्नत र लक्जरी संस्करण ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
एउटै बटन थिच्दै प्रिमियम एसयूभीबाट पिकअपमा रुपान्तरण हुने क्षमताले ई०७ ले एसयूभीको परिभाषा नै बदलिदिएको थियो। नयाँ ट्रान्सफर्मर एक्सले यही नवप्रवर्तनलाई थप परिष्कृत गर्दै लक्जरी, स्मार्टनेस र कम्फर्टलाई नयाँ तहमा पु-याउने दाबी कम्पनीको छ ।
नयाँ संस्करणको मुख्य आकर्षण भनेको एड्भान्स्ड एयर सस्पेन्सन सिस्टम हो, जसले असमतल सडकमा पनि ‘म्याजिक कार्पेट’जस्तो स्मूथ ड्राइभिङ अनुभव दिनेछ। यसमा कन्टिनियस ड्याम्पिङ कन्ट्रोल(CDC),अधिकतम २२३ एमएमसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लियरेन्स र राजमार्ग तथा अफरोडका लागि फरक–फरक ड्राइभिङ मोड उपलब्ध छन्। यी फिचरले नेपालका विविध सडक अवस्थालाई लक्षित गर्दै स्थिर ह्यान्डलिङ र उच्च कम्फर्ट सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
लक्जरी पक्षमा ट्रान्सफर्मर एक्स अझ आक्रामक देखिन्छ। चारै सिटमा मसाज, हिटेड र भेन्टिलेटेड फिचर, प्रिमियम नाप्पा लेदर, मेमोरीसहितका १४–वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि जिरो–ग्राभिटी रिल्याक्सेसन मोड समावेश गरिएको छ, जसले यात्रालाई ‘फस्र्ट–क्लास’ अनुभवमा बदल्ने दाबी गरिएको छ ।
पछाडिका यात्रुका लागि पनि विशेष ध्यान दिइएको छ । रियर सिटबाटै ट्रंक र रियर डोम कन्ट्रोल, सिट हिटिङ–भेन्टिलेसन, सनसेड र एयर कन्डिसनिङ एड्जस्टमेन्ट तथा छुट्टै रियर सिट फोल्डिङ कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ। यसले पछाडिको क्याबिनलाई पूर्ण लक्जरी कमाण्ड जोनको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ ।





























प्रतिक्रिया