वीरेन्द्रनगरमा इभी र मोटरसाइकल ठोक्किए,एक जनाको मृत्यु

वीरेन्द्रनगरमा इभी र मोटरसाइकल ठोक्किए,एक जनाको मृत्यु

केन्द्रबिन्दु
48
Shares

कर्णाली। सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।

घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Logo