यामाहाले प्रयोगशालाको दाबी तोड्यो, नेपाली सडकमै प्रमाणित भयो रेजेडआर हाइब्रिडको माइलेज

यामाहाले प्रयोगशालाको दाबी तोड्यो, नेपाली सडकमै प्रमाणित भयो रेजेडआर हाइब्रिडको माइलेज

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण पूरा भएसँगै इन्धन दक्षताबारे मोटरसाइकल उद्योगमा स्थापित मान्यतालाई चुनौती दिएको छ । प्रयोगशालामा सीमित रहने माइलेज दाबीलाई यामाहाले नेपालका वास्तविक सडकमा उतारेर प्रमाणित गर्ने रणनीतिले ध्यान तानेको हो ।

एआरएआईले ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दाबी गरेको रेजेडआर १२५ एफआई हाइब्रिडले माइलेज च्यालेन्जमा ८७.२० किलोमिटर प्रतिलिटरको आँकडा छुँदै कागजी तथ्यांकभन्दा धेरै माथि प्रदर्शन गरेको छ। यसले माइलेज केवल प्रविधिको कुरा नभई राइडरको दक्षता र वास्तविक परिस्थितिको संयोजन पनि हो भन्ने सन्देश दिएको छ ।

यो च्यालेन्ज विशेष गरी प्रयोगशालाबाहिर केन्द्रित छ। तराईका समथर सडक, पहाडी उकालो–ओरालो, हाइवे र अफ–रोड ट्रेलसम्म स्कुटरलाई चलाएर माइलेज परीक्षण गरिँदा रेजेडआर हाइब्रिडले स्थिर र प्रभावशाली नतिजा दिएको कम्पनीको दाबी छ।

यामाहाले माइलेज च्यालेन्जलाई केवल प्रचार अभियानमा सीमित नराखी प्रतिस्पर्धात्मक प्लेटफर्ममा रूपान्तरण गरेको छ, जहाँ ग्राहक स्वयं निर्णायक बनेका छन्। विगतमा ७० भन्दा बढी स्थानमा यस्ता च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवले यामाहालाई नेपाली बजारमा इन्धन दक्षताको विश्वसनीय ब्रान्डका रूपमा उभ्याउन मद्दत गरेको देखिन्छ ।

सातै प्रदेश समेट्ने गरी सञ्चालन भइरहेको यो लिगको ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुने तय छ । यामाहाका अनुसार यो अभियान स्कुटर बेच्ने मात्र होइन, नेपाली सडक र राइडरलाई केन्द्रमा राखेर प्रविधि प्रमाणित गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हो।

Logo