चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार गेटअगाडि मंगलबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाको सहिद लखन गाउँपालिका–२ का अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका निम्ति भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
कैलालीको लम्कीचुहा नगरपालिका–१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।





























प्रतिक्रिया