जन्ती बस दुर्घटना अपडेट : १३ जनाको ज्यान गयो,४५ जना घाइते

जन्ती बस दुर्घटना अपडेट : १३ जनाको ज्यान गयो,४५ जना घाइते

केन्द्रबिन्दु
63
Shares

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा गएराती ८ बजेतिर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनले भने, “८ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा एक महिला र सात पुरुष छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।”

दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

Logo