ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुरुङ्गा। अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए ।

Logo