नेकपामा अग्रता कायम गर्ने उम्मेदवारहरु

नेकपामा अग्रता कायम गर्ने उम्मेदवारहरु

केन्द्रबिन्दु
75
Shares

काठमाडौं। सिन्धुली–२ मा लेखनाथ दाहालले १२,७९५ मतसहित अग्रता बनाएका छन् भने उनका प्रतिस्पर्धी आशिष गजुरेल

(रास्वपा) ८,९२२ मतमा छन्।

काभ्रे–१ का दीननाथ गौतमले ९,३६७ मतसहित अग्रता कायम राखेका छन्, र उनका निकटतम प्रतिद्वन्द्वी गुणराज मुक्तान (कांग्रेस) ७,५२६ मतमा छन्। सल्यान–१ मा रमेशकुमार मल्लले ९,१०२ मतसहित अग्रता लिएका छन्, र ललितकुमार चन्द (रास्वपा) ६,८६४ मतमा रोकिएका छन्।

रोल्पा–१ मा वर्षमान पुन, र रूकुम पश्चिम–१ मा गोपाल शर्मा क्रमशः ८,२९३ र ७,२७२ मतसहित अग्रता बनाएका छन्। अछाम–१ का भीमबहादुर रावलले पनि फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।

सिन्धुपाल्चोक–२ मा युवराज दुलाल ३,९८९ मतसहित अगाडि छन्, रामेछाप–१ मा श्यामकुमार श्रेष्ठ २,४६६ मतसहित अग्रता कायम राखेका छन्। डोल्पा–१ का धनबहादुर बुढा २,०९४ मतसहित अग्रस्थानमा छन् भने हुम्ला–१ का दीपेन्द्र रोकाया १,२७१ मतसहित अग्रस्थानमा रहेका छन्।

सुदूर र पहाडी जिल्लामा पार्टीको प्रभुत्व बलियो देखिएको छ। कालीकोट–१ मा महेन्द्रबहादुर शाहीले ११,७३४ मतसहित विजयी घोषित भएका छन्, जबकी उनका निकटतम प्रतिद्वन्द्वी नगिन्द्र शाही (एमाले) १०,६४७ मतमा सीमित छन्।

रूकुम पूर्व–१ मा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०,२४० मतसहित विजयी भएका छन्। यस क्षेत्रमा उनका निकटतम प्रतिद्वन्द्वी लीलामणि गौतम (एमाले) मात्र ३,४६२ मतमा रोकिएका छन्।

Logo