अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्था १५ दिनभित्र बन्द गर्न प्रशासनको निर्देशन

अनुमति नलिएका कन्सल्टेन्सी र म्यानपावर संस्था १५ दिनभित्र बन्द गर्न प्रशासनको निर्देशन

केन्द्रबिन्दु
18
Shares

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालयहरूलाई बन्द गर्न निर्देशन दिएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट स्वीकृति नलिई सञ्चालनमा रहेका संस्थाहरूलाई १५ दिनभित्र कार्यालय बन्द गर्न वा आवश्यक अनुमति तथा नवीकरण गर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार केही संस्थाहरूले नियमित कार्यालय सञ्चालन नगरीकन पनि भिसा प्रक्रिया, जागिरको ग्यारेन्टी जस्ता भ्रामक तथा अनावश्यक आश्वासन दिँदै सेवा प्रदान गरिरहेको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको हो ।

सूचनामा तोकिएको समयभित्र बन्द नगरे वा अनुमति नलिई सञ्चालन जारी राखेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ । 

Logo