असिनाले पोखरामा फलफूल र तरकारी बालीमा क्षति

असिनाले पोखरामा फलफूल र तरकारी बालीमा क्षति

केन्द्रबिन्दु
15
Shares

गण्डकी। असिनाका कारण पोखराका विभिन्न क्षेत्रमा तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ।

पोखरा महानगरपालिका–१३, १४, २६ र ३० लगायतका वडामा असिनाले तरकारी तथा फलफूल खेतीमा असर पुर्‍याएको महानगरपालिकाको कृषि विकास शाखाले जनाएको छ।

सुन्तला, आँप र लिचीजस्ता फलफूलमा फूल लाग्ने समयमा परेको असिनाले क्षति पुर्‍याएको छ। लसुन, प्याज, तरबुजा लगायतका बालीमा पनि असर परेको कृषि विकास शाखा प्रमुख मनहर कडरियाले बताएका छन्।

हरेक वर्ष असिनाका कारण क्षति हुने भएकाले असिना छेक्ने जाली उपलब्ध गराउन किसानले माग गरेका छन्। पछिल्ला वर्षमा असिना छेक्ने जाली प्रयोग गर्ने क्रम बढ्दै गएको छ। महानगरपालिकाले हालसम्म करिब ५०० थान जाली ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको जनाएको छ।

कृषि बिमाप्रति किसानको आकर्षण पनि बढ्दै गएको छ। विशेषगरी तरबुजा खेती गर्ने किसानले कृषि बिमा गरिरहेको पाइएको कृषि शाखाले जनाएको छ।

असिना, हावाहुरीजस्ता प्राकृतिक प्रकोपका कारण किसान हरेक वर्ष समस्यामा पर्ने गरेका स्थानीय किसान रमेश अचार्यले बताएका छन्।

Skip This
Skip This
Logo