नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

केन्द्रबिन्दु
30
Shares

भक्तपुर। नगरकोट क्षेत्रमा दुई मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा कुटपिटको भिडिओ सार्वजनिक भएपछि चर्किएको विवादबीच प्रहरीले कारबाही अघि बढाएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चागुनारायण नगरपालिका–६ का ४१ वर्षीय गणेशबहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाको भिडिओ सार्वजनिक भएसँगै दोषीमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा दबाब बढेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

Skip This
Skip This
Logo