बाटो खन्दै गर्दा लमजुङमा पहरो खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

बाटो खन्दै गर्दा लमजुङमा पहरो खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

केन्द्रबिन्दु
24
Shares

लमजुङ। सडक निर्माणका क्रममा एक्कासि पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्। घटना लमजुङको मस्र्याङ्दी गाउँपालिकामा बुधबार बिहान भएको हो।

खुदी–भुजुङ सडक खण्डअन्तर्गत भदौरे नजिक ढुंगा फुटाउने काम भइरहेका बेला माथिबाट खसेको पहराले मेसिनलाई च्यापेको हो। दुर्घटनामा परेका चालक करिब ३०–३२ वर्ष उमेरका पुरुष रहेको अनुमान गरिएको छ, तर पहिचान अझै खुलेको छैन।

घटनापछि तत्काल उद्धार प्रयास थालिए पनि घटनास्थलमा रहेको सानो मेसिनले पुरिएको एक्स्काभेटर हटाउन नसक्दा समस्या भएको थियो। अहिले थप एक्स्काभेटर ल्याएर चालकलाई निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo