कपिलवस्तु। कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको ज्यान गएको छ।
कपिलवस्तु नगरपालिका–९ जगदीशपुरको जर्लैया जाने चोक नजिक लु २ ख ६४५५ नम्बरको टिप्परले ठक्कर दिँदा परीक्षा दिएर घर फर्किरहेकी ९ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कृष्णनगरमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभूमि नगरपालिका–१० का डिल्लीराम थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया