किमाथाङ्का। सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार आज बिहान भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३ त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा ट्रयाक्टरमा सहयोगीका रूपमा रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।































प्रतिक्रिया