तानातान गरेर यात्रुलाई हैरानी पार्ने ४८ जना पक्राउ

तानातान गरेर यात्रुलाई हैरानी पार्ने ४८ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उपत्यकाबाट बाहिर जाने यात्रुलाई जबर्जस्ती तानातान गर्ने समूहविरुद्ध प्रहरीले कारबाही गर्दै ४८ जनालाई पक्राउ गरेको छ।

कालीमाटी, कलंकी र नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बस टिकट काउन्टरसँग सम्बन्धित केही व्यक्तिहरूले यात्रुलाई आफ्नो सवारीतर्फ तान्ने, दबाब दिने जस्ता गतिविधि गर्दै आएको गुनासोपछि प्रहरी सक्रिय भएको थियो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यस्तो गतिविधिले यात्रुहरूलाई असहज बनाउँदै आएको भन्दै प्रहरीले यस्ता कार्य नियन्त्रण गर्न थप निगरानी बढाउने जनाएको छ।

Logo