आयल निगमलाई २४ घण्टे अल्टिमेटम

आयल निगमलाई २४ घण्टे अल्टिमेटम

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए निगमलाई घेर्ने चेतावनी दिएको हाे ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउ गर्ने चेतावनी दिए । ‘जनतालई पुरानाहरुको जन्जालबाट मुक्त गर्छु भन्ने नयाँहरुले जनतालाई महँगिको भारले थिच्ने, दुई तिहाईको उपहारले यहीँ हो’, सिंहले प्रश्न गरे । ‘यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौं,’ सिंहले चेतावनी दिँदै भने ।

सह–सम्योजक अजय सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावथ भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २ सय १९ हुनु लाजमर्दो विषय हो,’सोडारीले भने ।

५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले भने,‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् ।’
दुई तिहाइको सरकारले जनतालाई न्याय देलान् भन्ने अपेक्षाकाबीच पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने,‘पेट्रोलको प्रतिलिटर –१५७ बाट २१९ गएको छ, डिजेल/मट्टितेलमा १४२ बाट २३७ पुगाएर सरकारले आफ्नो शक्ति देखाइदियो ।’

सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै सोडारी भन्छन्,‘महँगी बढेको बडेई छ, मानौं यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन् ।’

परराष्ट्र र कुटनीति खलवलिँदै गएको, कालापानी लिपुलेकको भूमि अरु देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश व्यक्त गरे ।

जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्बसाधारणलाई निषेध गरिएको भन्दै तानाशाही कदमतिर उद्धत आरोप लगाए ।

Skip This
Skip This
Logo