काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध मुद्दा दर्ता भएको छ ।
एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो ।
मुगुका ५२ वर्षीय मल्लले आफूमाथि बलात्कार र मानसिक यातना भएको दाबी गर्दै पीडित महिला न्यायको मागसहित करिब एक महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा असन र धर्ना बसिरहेकी छन्। झन्डै दुई वर्षसम्म आफूमाथि यौन शोषण भएको र गर्भवती भएपछि जबरजस्ती गर्भपतन गराइएको उनको दाबी छ ।





























प्रतिक्रिया