काठमाडौं। देशभर अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरले हिमाली क्षेत्रमा बादल बढेको छ भने पहाडी भूभागमा आंशिक बदली र तराईका धेरै स्थानमा मौसम खुला रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा बादल लाग्नेछ र केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
तर, तराईका बासिन्दाले भने गर्मीको सामना गर्नुपर्ने देखिन्छ। मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहनेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति भने मौसम केही स्थिर हुने अनुमान छ। हिमाली क्षेत्रमा आंशिक बदली रहने र कोशी तथा गण्डकीका उच्च भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।





























प्रतिक्रिया