टीकापुर। कैलालीको टीकापुरमा महिलाहरू बेमौसमी तरकारीखेतीमार्फत आयआर्जनमा सक्रिय बनेका छन्।
टीकापुर–१ सत्घरुवामा २३ जना महिलाले मिलिजुली कृषक समूह बनाएर सामूहिक रूपमा खेती गरिरहेका छन्। उनीहरूले १२ कट्ठा जग्गा भाडामा लिएर काउली, टमाटर, खुर्सानी, भिन्डी र आलु जस्ता तरकारी उत्पादन गर्दै आएका छन्।
पहिले ज्याला मजदुरी गर्ने यी महिलाहरू अहिले आफ्नै बारीबाट आम्दानी गर्न थालेपछि जीवन सहज भएको बताउँछन्। उत्पादन भएको तरकारी घरमै र स्थानीय बजारमा बिक्री हुने गरेको छ। कृषि विकास शाखा र विभिन्न संस्थाको सहयोगमा उनीहरूले तालिम र प्राविधिक ज्ञान पाएका छन्। विश्वविद्यालयका कृषि विद्यार्थीहरूले पनि खेती सुधार र नयाँ प्रविधिबारे सहयोग गरिरहेका छन्।
महिलाहरूका अनुसार अहिले उनीहरूलाई ज्यालादारी काममा जानुपर्ने बाध्यता हटेको छ। आफ्नै बारीबाट आम्दानी लिन पाउँदा आत्मनिर्भर बनेको उनीहरूको भनाइ छ।
तरकारीसँगै केही महिलाले प्याजखेती पनि गरेका छन्। उत्पादन राम्रो भएकाले बजारको समस्या खासै नभएको उनीहरू बताउँछन्। स्थानीय किसानहरूले अझै पनि अनुदान, कृषि औजार र संरचनात्मक सहयोग आवश्यक रहेको माग गरेका छन्।





























प्रतिक्रिया