काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
आयुष बडालले पेस गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको हो । यो आदेशसँगै बडालको निवेदन अस्वीकृत भएको छ । तर, उनले अदालत प्रशासनको यो आदेशविरुद्ध सर्वोच्च अदालतमै फेरि अर्को निवेदन दिन पाउँछन् ।
सम्पत्ती शुद्धीकरणको आरोप खेपिरहेका लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने उनकाे माग थियाे ।





























प्रतिक्रिया