झापा। खेर जाने जैविक सामग्री प्रयोग गरेर झापाको मेचीनगर–१५ ज्यामिरगढीमा ‘पेलेट ऊर्जा’ उत्पादन सुरु गरिएको छ।
पराजुली बायोमास ब्रिकेट उद्योगले सुरु गरेको उत्पादनबाट पत्थर कोइला र दाउराको विकल्पका रूपमा इन्धन तयार गरिँदैछ। उद्योगले १२ घण्टामा करिब ७० हजार किलोसम्म उत्पादन गर्ने क्षमता रहेको जनाएको छ।
उद्योगमा उखुको खोस्टा, बाँसका टुक्रा, काठका फोहोर, पातपतिङ्गर जस्ता सामग्री प्रशोधन गरेर दानेदार इन्धन बनाइन्छ। उत्पादन गरिएको पेलेट झापासहित अन्य जिल्ला र भारतसम्म पठाउने योजना छ।
उद्योगहरूमा सस्तो र तुलनात्मक रूपमा कम प्रदूषण गर्ने इन्धनको माग बढ्दै जाँदा यस्तो उत्पादन विस्तार हुने देखिएको छ। पेलेट प्रयोगले कोइला आयात घटाउने र स्थानीय स्रोतको उपयोग बढाउने सम्भावना देखिएको छ।































प्रतिक्रिया