दीपक भट्ट र सुलभ अग्रवालमाथि सात दिनको म्याद थप

दीपक भट्ट र सुलभ अग्रवालमाथि सात दिनको म्याद थप

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र व्यापारिक घराना शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालमाथि सात दिनको म्याद थपिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।

हाल थुनामा रहेका भट्ट गत चैत १५ गते पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर विभागले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको छ । हाल उनी प्रहरी प्रभाग सानेपाको हिरासतमा छन् । भट्टपछि चैत २२ मा अग्रवाल पक्राउ परेका थिए । भट्टको शंकास्पद कारोबारमा अग्रवाल जोडिएपछि उनलाई पक्राउ गरिएको हो ।

Logo