खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
30
Shares

धनगढी । कैलालीको धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ का ३० वर्षीय घुम्मन राना र धनगढी–१३ की २६ वर्षीया आशा चौधरी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट राजपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले शंकाका आधारमा आशा चौधरीको घरमा गरेको चेकजाँचका क्रममा साढे ११ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Logo