काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्ति प्रकरणमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न आदेश जारी गरेको हो ।
कँडेललाई कुनै कामकाज गर्न नदिनु भन्ने दाबी सहितको अन्तरिम आदेशको मागबारे छलफल गर्न आगामी बिहीबार सरकारी पक्षलाई पनि झिकाएको छ ।
सर्वोच्च अदालतको न्यायाधीश सरहको पद मानिने महान्यायाधीवक्ताका लागि निरन्तर १५ वर्ष वकालत गरेको हुनुपर्छ । तर कँडेल लामो समय बेलायत बसेर फर्किएकाले अनुभव नपुग्ने भन्दै रिटमा उल्लेख छ ।




















