काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा बदली रही केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाडी भागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । केही स्थानमा हल्का देखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशका केही तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यता देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्ने देखिएकाले लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।





























प्रतिक्रिया