काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा काठमाडौं, तनहुँ र झापाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नागढुंगा क्षेत्रमा खैरो हेरोइनसहित बर्दियाका २४ वर्षीय एक युवक पक्राउ परेका छन् । यस्तै देवघाट गाउँपालिका मा एक व्यक्तिलाई गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार उनको घर खानतलासी गर्दा जरायोका सिङ र गैँडाको छालाजस्ता वन्यजन्तुसम्बन्धी सामग्रीसमेत बरामद भएको छ ।
यसैगरी हल्दीबारी गाउँपालिका को बाङ्गे बजारबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया