काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरे।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित सहकार्यलाई अझ बलियो बनाउने विषयमा विस्तृत कुरा भयो। विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा समाधान गर्ने भन्नेमा दुवै पक्षले विचार आदानप्रदान गरे।
त्यसैगरी, ऊर्जा र जलस्रोत क्षेत्रलाई सहकार्यको मुख्य आधार बनाएर साझा समृद्धि र जनताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त भयो।
भारतका राजदूतसँगको भेटमा पनि ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भयो। नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउँदै दिगो विकास र क्षेत्रीय सम्पर्क विस्तारमा जोड दिइयो।
मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत यी सम्बन्धलाई अझ सुदृढ बनाउने समझदारी भएको छ।
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय चुनौती समाधानमा जोड