शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।

गोल्छाका तर्फबाट उनकी पत्नी सीमाले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । सोही रिटमा सुनुवाइ गर्दै आज न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो ।

गएको बिहीबार पक्राउ परेका गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा नेपाल धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको संलग्रता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

Logo